यस्तो छ आजको मौसम र महाशाखाको चेतावनी

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ।

महाशाखाका अनुसार देशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

हाल कोशी, मधेश बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

देशभर दिउँसोसम्ममाआंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशभर राती आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशभर राती आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भूभागको केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *