सार्वजनिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका

उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरूको सहजताका लागि सार्वजानिक यातायात सेवा सञ्चालनको तयारी गरेको छ। यसका लागि गाउँपालिकाले बससमेत खरिद गरिसकेको छ।

सो बसमार्फत पालिकाको सवै वडाका अशक्त, फरक क्षमता भएका व्यक्ति, महिला तथा जेष्ठ नागरिकहरुलाई पालिकाको केन्द्र रूपाटारसम्म आवतजावत गर्नको लागि सेवा दिइने गाउँपालिकाका अध्यक्ष ढुंगाराज विश्वकर्माले बताए।

‘गाउँपालिकाले कार्यविधि बनाएर सार्वजनिक यातायात सञ्चालन गर्न लागेको छ,’ विश्वकर्माले भने, ‘पहाडी पालिका भएकाले गाउँपालिकाको केन्द्रसम्म आवतजावत गर्न समस्या छ। यसको समाधानका लागि यातायात सेवा सञ्चालनमा गर्न लागेका हौँ।’

यसअघि गाउँपालिकाले स्वास्थ्य र कृषि एम्बुलेन्स पनि सञ्चालनमा ल्याइसकेको छ।

अध्यक्ष विश्कर्माले कृषि एम्बुलेन्सले कृषकहरुद्वारा उत्पादित वस्तु सस्तो मूल्यमा कटारी बजारसम्म पु¥याइदिने गरेको बताए।

‘गाउँपालिका क्षेत्रका बिरामीलाई उपचारका लागि अन्यत्र लैजान स्वास्थ्य एम्बुलेन्स सेवा सञ्चालन गरिएको हो,’ उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *