
एकीकृत समाजवादी निकट अनेरास्ववियूको अध्यक्षमा आरती लामा


नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छन्।
अनेरास्ववियूको आइतबार काठमाडौंमा सम्पन्न स्थायी कमिटी बैठकले लामालाई अध्यक्षमा चयन गरेको हो।
उनी यसअघि अनेरास्ववियूको महासचिव थिइन्।
लामा अध्यक्ष चुनिएसँगै महासचिवको जिम्मेवारी महेश श्रेष्ठलाई दिइएको छ।
प्रतिक्रिया