काठमाडौंमा १२ सय किलो बढी पटाकासहित तीन जना पक्राउ

काठमाडौंमा ठूलो परिमाणमा पटाकासहित तीन जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रवार १ हजार २ सय २३ किलो पटाकासहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा रौतहटको राजदेवी नगरपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-१३, ताहाचल बस्ने ३२ वर्षीय राजु भन्ने दीपक मण्डल, भारतको बिहार बेतिया मजौलिया थाना सेनवरिया ग्राम घर भई हाल ताहाचल नै बस्ने २८ वर्षीय धर्मेन्द्र साह र सर्लाहीको चक्रघट्ट गाउँपालिका-५ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५, जोरपाटी बस्ने २८ वर्षीय मुकेश मण्डल रहेका छन्।

काठमाडौंमा केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट पटाका, भुइँचम्पालगायतका आतिसवाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरेर ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा खटिएकाे प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

६५ वटा बोरामा राखिएका उक्त परिमाणका पटाकासहित ताहाचल मान्टारबाट पक्राउ परेका उनीहरूलाई विष्फोटक पदार्थसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर