इन्जिनियरिङ अध्ययनमा भएको शुल्क वृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थीहरू आमरण अनशनमा

समाजवादी मोर्चा निकट विद्यार्थीहरू इन्जिनियरिङ अध्ययनमा भएको शुल्क वृद्धिको विरूद्धमा आमरण अनशनमा बसेका छन्।

आइतबार पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को डीन कार्यालय अगाडि उनीहरूले शुल्क वृद्धिको विरोधमा आमरण अनशन थालेका हुन्।

अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष केशव रावलले विद्यार्थीहरूको मागलाई बेवास्ता गरेपछि समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरूले आमरण अनशन सुरू गरेको जानकारी दिए।

उनले अध्ययन आयोगले गरेको शुल्क वृद्धि खारेज नहुँदासम्म अनशन जारी रहने बताए।

त्रिभुवन विश्व विद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क वृद्धि फिर्ताको माग राख्दै उनीहरूले आमरण अनशन सुरू गरेका हुन्।

अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष केशव रावल, समाजवादी विद्यार्थी युनियनकी केन्द्रीय उपमहासचिव रसना यादव र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेम सिंहले आमरण अनशन सुरू गरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *