अष्ट्रेलियामा अमेरिकी सेनाको विमान दुर्घटना, तीन जनाकाे मृत्यु
संयुक्त राज्य अमेरिकाको ओस्प्रे सैन्य विमान आइतवार युद्ध अभ्यासका क्रममा अष्ट्रेलियाको उत्तरमा अवस्थित दुर्गम टापुमा दुर्घटना भएको छ । अष्ट्रेलियाको मुख्य भूमिबाट करिब ६० किलोमिटर उत्तरमा रहेको मेलभिल टापुमा दुर्घटना भएको हो ।
दुर्घटनामा तीन अमेरिकी सैनिककाे मृत्यु भएकाे छ । २० जना घाइते भएकाे अधिकारीहरूले जनाएका छन् ।
दुर्घटनाग्रस्त स्थानमा खोज तथा उद्धारका साथै विमानमा सवार व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्नमा नै आफ्नो ध्यान केन्द्रित रहेको अष्ट्रेलियाको रक्षा मन्त्रालयले जनाएको छ । विमानमा अष्ट्रेलियाली सैनिक नरहेको स्पष्ट गर्दै मन्त्रालयले प्रारम्भिक चरणमा दुर्घटना प्रतिकार्यलाई प्राथमिकतामा राखिएको बताएको छ ।
संयुक्त युद्ध अभ्यासमा संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, इन्डोनेसिया र फिलिपिन्सका हजारौ. सैनिकले भाग लिएका छन् । उत्तरी अष्ट्रेलिया पछिल्ला वर्षमा अमेरिकी सेनाका लागि महत्त्वपूर्ण रणनीतिक स्थान बनेको छ । एशिया-प्रशान्त क्षेत्रमा चीनको सामना गर्न अमेरिकाले उक्त स्थानमा सैन्य अभ्यासलाई प्राथमिकता दिएको हो ।
प्रतिक्रिया