अमेरिकामा तीन जना अश्वेतकाे गाेली हानेर हत्या, आक्रमणकारीले आफैंलाई पनि हाने गोली

जातीय घृणाले प्रेरित एक जना गोराले फ्लोरिडास्थित सहुलियत मूल्यमा उपभोग्य सामग्री बेच्ने पसलमा तीन जना अश्वेतलाई गोली हानेर हत्या गरेका छन् ।

अधिकारीहरूका अनुसार आक्रमणकारीको गोली प्रहारबाट दुई पुरूष र एक महिला मारिएका छन्। प्रहरीसँगको झडपपछि उनले आफैंलाई पनि गाेली हानेर ज्यान लिएको अधिकारीहरूले बताएका छन् ।

‘आक्रमणकारीले कालो वर्णका मानिसहरूको समूहलाई निशाना बनाएका थिए । उसको परिवारका सदस्यले फेला पारेको घोषणापत्रमा पनि उनीहरूलाई मार्न उसले गरेको घृणित दृढनिश्चयको विवरण छ,’ कानून कार्यान्वयन कार्यालय ज्याक्सनभिलका प्रमुख टीके वाटर्सले २० वर्षीय आक्रमणकारीबारे जानकारी दिँदै बताए ।

अश्वेतहरू अध्ययन गर्ने राज्यको ऐतिहासिक एडवर्ड वाटर्स विश्वविद्यालय नजिक भएको उक्त घटनामा विश्वविद्यालयका कसैलाई हानि नभएको जनाइएको छ । आक्रमणकारी केही दिनअघि विश्वविद्यालय परिसरमा देखिएको थियो ।

आक्रमणको अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार आक्रमणकारीको कुनै आपराधिक वा अन्य सङ्गठित संस्थासँग कुनै संलग्नता नरहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ ।

अब संघीय जाँच ब्यूरो (एफबीआई) ले घटनाको विस्तृत अनुसन्धान गर्नेछ । आक्रमाणकारी एक्लैले उक्त घटना गराएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *