एसियन एमेच्योर चेस प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज यूएई जाँदै

एसियन एमेच्योर चेस प्रतियोगितामा सहभागी हुन नेपाली बुद्धिचाल टोली आज राति युनाइटेड अरब इमिरेट्स (यूएई) जाँदै छ। टोली आइतबार राति ८ बजे त्यसतर्फ प्रस्थान गर्नेछ।

युनाइटेड अरब इमिरेट्स चेस महासंघको आयोजनामा भादौ ११ देखि १८ गतेसम्म हुने उक्त प्रतियोगितामा सहभागी हुन ८ सदस्यीय टोली दुबई जान लागेको हो।

टोलीमा पुरूषतर्फ आशिष फुयाँल र महिलातर्फ कैलालीकी कुसुम पाण्डे मुख्य खेलाडीको रूपमा रहेका छन्। साथै अन्य खेलाडीमा धनबहादुर बोगटी, भीमदत्त पाण्डेय, राजिव कार्की, जितबहादुर केपछाकी, गोविन्दमान श्रेष्ठ र भोजराज चौलागाईं सहभागी छन्।

आशिष फुयाँलले २००० रेटेड तर्फ प्रतिस्पर्धा गर्नेछन् भने अन्य सबै खेलाडीहरूले १७०० मुनिको रेटिङमा प्रतिस्पर्धा गर्नेछन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले शनिवार एक कार्यक्रमबीच बिदाइ गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर