बाँकेमा खोला र पोखरीमा डुबेर दुई जनाको मृत्यु

बाँकेमा खोला र पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको जानकी गाउँपालिका-४, गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर बताए ।

साथीसँग खोलामा नुहाउन गएका बेला आज दिउँसो बर्मा नालामा बेपत्ता भएका थिए । बेपत्ता बर्माको शव प्रहरीको टोलीले निकालेको थियो ।

यस्तै पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका-१, कौशिला नगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर मृत्यु भएको छ । बैजनाथ गाउँपालिका-३, एलबीचोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले बताए ।

मृतक सार्कीसँगै पौडी खेल्न गएका अन्य दुई जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *