मुख धुने क्रममा त्रिशूलीमा खसेर दुई जना बेपत्ता

चितवनको भरतपुर महानगरपालिका-२९, गाईघाटस्थित त्रिशूली नदीमा मुख धुने क्रममा खसेर दुई जना बेपत्ता भएका छन् । वनभोज खान गएका उनीहरू दिउँसो साढे चार बजेतिर नदीमा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार बेपत्ता हुनेमा भरतपुर महानगरपालिका-१० सप्तगण्डकी चोकका ३० वर्षीय अर्जुन प्रधान र सोही ठाउँ बस्ने ३० वर्षीय प्रवीण श्रेष्ठ रहेका छन् । हाल उनीहरूको खोजी भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *