सुशासनको राष्ट्रिय योजना अगाडि बढाउन प्रधानमन्त्रीको नेतृत्वमा कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सुशासनको राष्ट्रिय योजना अगाडि बढाउन प्रधानमन्त्रीको नेतृत्वमा कार्ययोजना बन्दै गरेको जानकारी दिएका छन्।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.३ को सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेसका उपसभापतिसमेत रहेका खडकाले मुलुकमा सुशासन कायम गर्न, भ्रष्टाचारको नियन्त्रण गर्न र जनताले सरकारी कार्यालयमा सहज रूपमा पाउनुपर्ने सेवा व्यवस्थित गर्न मन्त्रिपरिषद कार्ययोजना निमार्णको प्रक्रियामा लागेको जानकारी दिएका हुन्।

उपसभापति खड्काले पार्टी रूपान्तरणका लागि पहिला आफू सुध्रिन आवश्यक भएको भन्दै एकताको भावना, इतिहासको समीक्षा र जनताको हितमा काम गर्ने प्रबिद्धताका साथ अगाडि बढ्नुपर्ने बताए।

नेपाली कांग्रेसको सिद्धान्तमा नभई कार्यशैली, पार्टीको संगठन चलाउने तरिका, कार्यक्रम गर्ने शैली र व्यवहारमा प्रश्न उठेको भन्दै त्यसलाई सुधार गर्नु आवश्यक रहेको पनि उनले बताए।

मुलुकको अर्थतन्त्रको सीमाभित्र रहेर लम्पी स्किन प्रभावित किसानलाई राहत दिने तयारीमा सरकार लागेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर