नेपाल भित्रियो ‘अउडी’

जर्मनी विलासी कार ‘अउडी’ आधिकारिक रुपमा नेपाल भित्रिएको छ ।

शुक्रबार काठमाडौं आयेजित कार्यक्रम मार्फत ‘अउडी’ ले उत्पादन गरेका विद्युतीय कार नेपाली बजारमा आएको जानकारी दिइएको हो ।

काइरोस इन्टरनेसनल काठमाडौंले ‘अउडी’का विद्युतीय कार आधिकारिक बिक्रेताको रूपमा ल्याएको हो । सुरूमा कम्पनीले ‘अउडी’का क्यू फोर ३५ का दुई भेरियन्ट नेपाल ल्याएको छ ।

सुरुवाती चरणमा काइरोसले ‘अउडी’का क्यू फोर ३५ ई–ट्रोनको दुई भेरियन्ट ल्याएको छ । यो विद्युतीय ५५ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक रहेको छ । कारमा रहेको मोटरको पिकपार १ सय २५ किलोवाट रहेको छ ।

‘अउडी’को यो कारले एक पटकको फुल चार्जमा ३ सय ४९ किलोमिटर रेन्ज रहेको डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

‘अउडी’को विद्युतीय कार उत्कृष्ट विशेषतायुक्त रहेका छन् । विश्वका विभिन्न देशमा ‘अउडी’को ई–ट्रोन सेगमेन्टमा विद्युतीय कारको निक्कै चर्चा हुने गरेको पाईन्छ ।

जर्मनीमा उत्पादित उच्च गुणस्तरीय विद्युतीय कार नेपाली उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले काइरोसले ‘अउडी’का विद्युतीय कार नेपाल भित्राएको भनाई लगानीकर्ताको रहेको छ ।

सुरुमा २ मोडल भित्र्याएको कम्पनीले ‘अउडी’का अन्य मोडलका विद्युतीय कार पनि उपलब्ध गराउने जनाएको छ । विद्युतीय कार भित्राएसँगै कम्पनीले उच्च स्तरीय सर्भिस समेत उपलब्ध गराउन तयारी थालिसकेको छ ।

काइरोसले उपलब्ध गराएको ‘अउडी’का क्यू फोर ३५ ई–ट्रोनको नेपाली बजार मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै ‘अउडी’का क्यू फोर ३५ ई–ट्रोन स्पोर्टब्याक भेरियन्टको मूल्य भने १ करोड ५० लाख रुपैयाँमा तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर