राहदानी नै नबोकी नेपाल आएका तिब्बती विमानस्थलमा पक्राउ

संयुक्त राज्य अमेरिकाबाट ट्राभल डकुमेन्टसहित नेपाल आएका एकजना राष्ट्रिय परिचय नखुलेका नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ । नेपाल रहेका पारिवार भेटन आएका उनी विमानस्थल सुरक्षा कार्यालयको हिरासतमा छन् । अनुसन्धानमा उनी तिब्बतका आप्रवासी भएको खुलेको छ ।

कुबेत एयरवेजको उडान नम्बर केयु ३९३ मार्फत २७ साउन (१२ अगस्ट) गते नेपाल आएका सोनाम छिरिङलाई अध्यागमन कार्यालयले त्यसयता हिरासतमा राखेको हो ।

विभागले भिसा छानबिन गर्न उनलाई नियन्त्रणमा लिइएको जनाएको छ । उनको साथबाट अमेरिकी सरकारले जारी गरेको ट्राभल डकुमेन्ट र न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासबाट जारी भएको भिसा रहेको छ । ट्राभल डकुमेण्ट नम्बर ४०१४३२५६६ भएका उनका साथबाट कुनैपनि देशको राहदानी भेटिएको छैन् ।

उनले आफूसँग कुनै पनि मुलुकको राहदानी नभएको स्विकारेका छन् । मात्र ट्राभल डकुमेण्टका भरमा नेपाल छिरेका उनलाई समाउनुको कारण यही मात्र भएको स्रोतको दाबी छ । अध्यागमन विभागले ट्राभल डकुमेण्टमा अहिलेसम्म भिसा जारी गरेको छैन र गर्दा पनि गर्दैन ।

विभागले अप्ठेरो परेको अवस्थामा भने बाधा–अड्काउ फुकाउने काम गर्दै आएको छ । प्रक्रिया नबुझेकालाई सहजीकरण गर्न विभागले सो नीति लिएको हो । सोनामको जस्तो समस्यामा परेकालाई विभागले सोही नीतिमार्फत सहयोग गर्ने गरेको छ । अध्यागमनले सोनाममाथि छानबिन सकाइसकेको छ । सोनाम नेपालमा ‘अनअराइभल’ भिसा पाइने भन्ठानेर ट्राभल डकुमेण्टमा आएका थिए ।

विभागले उनी तिब्बती भएको र नेपालमा उनलाई केही दिन रहन दिएर अमेरिका नै फर्काउने तयारी रहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर