प्रहरी इन्स्पेक्टर युवराज कटुवालमाथि बन्चरो प्रहार

झापास्थित इलाका प्रहरी कार्यालय झिलझिलेका इन्स्पेक्टर युवराज कटुवालमाथि बन्चरो प्रहार भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका ९ स्थित झरना खोलाको पुल नजिकै इन्स्पेक्टर कटुवालमाथि बिहीबार साँझ साढे ६ बजेको समयमा बन्चरो प्रहार भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

बञ्जरो प्रहारबाट इन्स्पेक्टर कटुवालको टाउकोमा गम्भीर चोट लागेको र उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार लागू औषध ब्राउन सुगर सेवन गरी मे ४ प २७५१ नम्बरको मोटरसाइकलमा सवार तीन जनाले लापरबाही तरिकाले सवारी चलाइरहेको सूचना पाए लगतै इन्स्पेक्टर कटुवालको कमान्डमा सादा पोसाकमा खटिएको प्रहरी टोली तत्काल राजमार्गमा पुगेरमोटरसाइकललाई रोकेको थियो ।

मोटरसाइकल रोके लगतै मोटरसाइकल पछाडि सवार शिवसताक्षी ९ का ३६ वर्षीय अशोक पोखरेलले लुकाइछिपाई ल्याएको हाते बन्चरोले इन्स्पेक्टर कटुवालको टाउकोमा अचानक प्रहार गरेका थिए। कटुवालको टाउकोमा दुई ठाउँमा चोट लागेको छ। उनको टाउकोमा ८ टाँका र हातको औलामा ३ टाँका लगाइएको डीएसपी रिजालले बताए।

घटनामा संलग्न मोटरसाइकल चालक सोही ठाउँका ३२ वर्षीय विकास भन्ने अरुण तामाङ, मोटरसाइकलमा सवार सोही ठाउँका ३३ वर्षीय लक्ष्मण टुडू ,बन्चरो हान्ने पोखरेलसहित तीन जना, मोटरसाइकल र बन्चरो नियन्त्रणमा लिएको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *