
सुन तस्करी प्रकरण
मन्त्रालय तानिए अध्यागमन विभागका महानिर्देशक अधिकारी

सुन तस्करीमा संलग्न आरोपमा प्रहरी हिरासतमा रहेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग सवाद गरेको पाइएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृह मन्त्रलाय तानिएका छन्।
अधिकारीमाथि सार्वजनिक रूपमा प्रश्न उठेपछि सत्यतथ्य बुझ्नका लागि उनलाई मन्त्रालय तानिएको मन्त्रालय स्रोतले जनाएको छ।
अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी-च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो।
दावा भने अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा छन्।
गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट सुनसहितको १५५ किलो ब्रेक शु बरामद भएको थियो।
ब्रेक शुबाट निकालेपछि गालेर जोखिएको सुनको तौल ६१ किलो ७१६ ग्राम रहेको छ।
प्रतिक्रिया