भारतीय तीर्थयात्री चढेको बस दुर्घटना, ७ जनाको मृत्यु (अपडेट)

बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा  सात जनाको मृत्यु भएको छ । मृत्युहुनेहरुमा महोत्तरी लोहार पटीका ४१ वर्षीय बिजयलाल पण्डित, भारत राजस्थानका बहादुर सिंह, र मिरा देबी रहेका छन् । यस्तै अन्य चारजनाको सनाखत हुन सकेको छैन् ।

घाइतेहरु केही भारतकाे राजस्थान र अन्य नेपालका नागरिक रहेका छन् । काठमाडाै‌ंमा भगवान पशुपतिनाथकाे दर्शन गरेर फर्किएकाे बस चुरियामाई नजिक दुर्घटना भएकाे हाे ।

काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान चुरियामाई अगाडि दुर्घटना भएको हो । बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा अन्यकाे  उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए।

बिहीवार बिहान २ बजे जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक बस सडक दुर्घटना भएको हो । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *