चन्द्रमामा यान अवतरण गराउन सफल भारतलाई कांग्रेस सभापति देउवाकाे बधाई

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चन्द्रमाको सतहमा यान अवतरण गराउन सफल भारतलाई बधाई दिएका छन्।

बुधबार साँझ ट्विटरमार्फत देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनतालाई बधाई दिएका हुन्।

उनले भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का वैज्ञानिकहरूको कार्यको प्रशंसासमेत गरेका छन्।

‘चन्द्रयान-३ काे चन्द्रमामा सफल अवतरणका लागि प्रधानमन्त्री नरेन्द्र माेदी र भारतीय भारतीय जनतालाई बधाई!,’देउवाले भनेका छन्, ‘याे अन्तरिक्ष क्षेत्रमा भारतले गरेकाे उल्लेखनीय प्रगति हो। हामी इसरोका वैज्ञानिकहरूको उत्कृष्ट कामको प्रशंसा गर्छौं।’

चन्द्रयान-३ नेपाली समयअनुसार बुधबार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको हो। यससँगै भारत चन्द्रमाको सतहमा यान पुर्‍याउने विश्वको चौथो मुलुक बनेको छ।

साथै चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरणमा सफलता प्राप्त गर्ने भारत पहिलो मुलुकसमेत बनेको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *