चन्द्र मिशन सफलताका लागि परराष्ट्रमन्त्री साउदले दिए भारतलाई बधाई

अन्तरिक्षमा पुग्न सफल भारतलाई नेपालका परराष्ट्रमन्त्री एनपी साउदले बधाई दिएका छन्।

चन्द्रयान-३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको भारतलाई मन्त्री साउदले बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन्।

उनले भारतको यो सफलता अन्तरिक्ष विज्ञान र प्रविधिको विकासमा महत्त्वपूर्ण कोसेढुंगा भएको समेत बताएका छन्।

‘चन्द्रयान-३ अन्तरिक्ष यान चन्द्रमामा सफल सफ्ट-ल्याण्डिङका लागि भारतलाई हार्दिक बधाई!,’ मन्त्री साउदले भनेका छन्, ‘यो हाम्रा भारतीय मित्रहरूका लागि राष्ट्रिय गौरवको क्षण मात्र होइन, अन्तरिक्ष विज्ञान र प्रविधिको विकासमा पनि एउटा महत्त्वपूर्ण कोसेढुंगा हो, जसले हाम्रो जीवनलाई अझ उत्कृष्ट बनाउन योगदान पुर्‍याउँछ।’

 


चन्द्रयान-३ नेपाली समयअनुसार बुधबार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको हो। यससँगै भारत चन्द्रमाको सतहमा यान पुर्‍याउने विश्वको चौथो मुलुक बनेको छ।

साथै चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरणमा सफलता प्राप्त गर्ने भारत पहिलो मुलुकसमेत बनेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर