भारतकाे चन्द्रयान-३ चन्द्रमाकाे सतहमा अवतरण [LIVE]

भारतले चन्द्रमामा सफलता प्राप्त गरेको छ। चन्द्रयान-३ ले चन्द्रमाको सतहमा अवतरण गरेर इतिहास रचेको हो।

भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेको छ।

चन्द्रमामा विक्रम ल्याण्डरको सफ्ट ल्याण्डिङपछि प्रज्ञान रोभर त्यहाँबाट निस्कनेछ र अनुसन्धान र जानकारी संकलन गर्न चन्द्रमाको सतह वरिपरि घुम्नेछ।

श्रीहरिकोटाबाट जुलाई १४ मा दिउँसो भारतीय समयअनुसार २:३५ मा उडेको चन्द्रयान-३ ले ४० दिन लामो यात्रा पूरा गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *