
सीके राउत र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता


नेपालको सत्तारूढ गठबन्धन दल जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन्।
भारत भ्रमणमा रहेका राउतले बुधबार भाजपाको पार्टी केन्द्रीय कार्यालयमा चौथाइवालेसँग भेटवार्ता गरेका हुन्।
भाजपाको विदेश विभागका अनुसार भेटमा दुई नेताबीच दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन पार्टी-पार्टीबीचको सम्पर्क विस्तार गर्ने विषयमा छलफल भएको छ।
- जनमोर्चा अध्यक्ष केसीको प्रश्न- आफैँ भ्रष्टाचारमा लिप्त भएकाहरूले जनतालाई कसरी सम्झाउनुहुन्छ ?
- लोकतन्त्रको डङ्का पिटेरमात्रै लोकतन्त्रवादी हुँदैन : राजेन्द्र लिङदेन
- परिवर्तन गर्न खोज्नेहरूलाई सरकारले छानिछानी अवरोध गर्यो : रास्वपा
- राष्ट्रिय एकता अभियानद्वारा जम्मू कश्मीरमा भएको आतङ्ककारी हमलाको भर्त्सना
प्रतिक्रिया