धादिङ बस दुर्घटना अपडेट : घाइते १३ जना काठमाडौं रिफर

खोज तथा उद्धारमा गोताखोरसहित ८१ जना सशस्त्र प्रहरी परिचालन

धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा बुधबार बिहान भएको बस दुर्घटनामा परेकाहरूको खोज तथा उद्धारमा सशस्त्र प्रहरीले  गाेताखाेरसहित ८१ जना जनशक्ति परिचालन गरेको छ।

खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीय पनि खटिएका छन्। दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको अवस्थामा शव निकालिएको छ।

https://youtu.be/F1m11S6Awzk

 

यस्तै १७ जना घाइेतेको उद्धार गरिएको छ। तीमध्ये १३ जनालाई काठमाडौं रिफर गरिएको छ भने अन्य ४ जनाको मलेखु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बिहान ११:१५ बजे दुर्घटना भएको हो।

धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको हो। दुर्घटनामा परेको बस सडकबाट त्रिशूली नदीमा खसेको हो।

साँघुरो सडकमा ‘ओभरटेक’ गर्न खोज्दा अनियन्त्रित भएर बस खसेको प्रारम्भिक अनुमान गरिएको छ। तर, दुर्घटनाको कारण अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *