उड्डयन

ठेकेदारको ढिलासुस्तीले पशुचौपायाको गोठ बन्यो ताल्चा विमानस्थलको टर्मिनल भवन

रारा तालको किनारमा रहेको मुगु जिल्लाको एक मात्र विमानस्थलमा निर्माणाधीन नागरिक उड्यान प्राधिकरणको कार्यालयको टर्मिनल भवन अलपत्र परेको छ । भवन निमार्णको जिम्मा लिएको ठेकेदारको ढिलासुस्ती र लापरवाही कारण पशुचौपायको गोठ बनेको छ । ताल्चा विमास्थलमा सेवा सुविधा सम्पन्न पूर्वाधार नहुँदा असुरक्षाको जोखिमपूर्ण उडान अवतरणको दैनिक कार्य हुँदै आएको छ ।

रारा ताल्चा विमानस्थलको टावर सहितको टर्मिनल भवन निमार्णको लागि २०७६ साल असोज २ गतेबाट निमार्ण सुरु गरी २०७८ असार मसान्तसम्म सम्पन्न गर्ने गरी ओमबुस ईन्टरनेशनल कम्पनी काठमाडौ बसुन्धराले कुल ८ करोड ६५ लाखमा निमार्णका गर्ने गरी जिम्मा लिएको भए पनि पटक-पटक म्याद थप्दा पनि भवन निर्माण हुन नसक्दा पछिल्लो समयमा अलपत्र परेको छ । आयोजना निमार्णका लागि ल्याएका सामानहरु खिया लागेका छन भने केही सामानहरु टुटफुट भएको छन । काम गर्ने कामदारहरुले काम गरेको रकम पाएका छैनन् भने लामा्रे सयमदेखि आयोजना स्थलमा ठेक्कादर कम्पनीका कुनै पनि जिम्मेवार व्यक्ति भेटिँदैनन् ।

२०५५ सालमा स्थापना भएको ताल्चा विमानस्थलको ५ सय ७० मिटर लम्बाई २० मिटर चौडाई छ । राज्य कोषबाट करोडौ रकम खर्च गरेर निर्माण गरिएको विमानस्थल २०६१ सालबाट सञ्चालनमा आएको हो ।

रारा ताल्चा एयरपोर्ट सञ्चालनको लागि पूर्वाधार नहुँदा काठको सानो घुम्तीबाट टर्मिनल भवन अर्थात नागरिक उड्डयन कार्यालय सञ्चालनमा आएको छ । विमानस्थलको धावन मार्गको चैतर्फी सामान्य काँडे तार र अन्य तारको घेरावार भए पनि यात्रु र स्थानीय मानिसहरु धावन मार्गको बीचबाट नै यात्रा गर्ने गर्छन् । यही कारण पनि विमानस्थलको सुरक्षा दिन सुरक्षा निकायलाई धौधौ पर्ने गरेको छ ।

टर्मिनल भवनको अभावमा सानो काठको घरमा सुरक्षाकर्मीले चेकजाँच गरेपछि यात्रुहरु कोचा कोच गरेर बस्नु पर्ने अवस्था छ । अव्यवस्थाको कारण यात्रुहरुको सामान हराउने डर निकै हुने गरेको छ । यात्रुहरुका लागि शौचालयको पनि उत्तिकै समस्या छ । टावरसहितको टर्मिनल भवन छिटो निर्माण गरिदिए यात्रुहरुलाई निकै सहज हुर्ने छायाँनाथ रारा नगरपालिका-८ का बलराम शाही बताउँछन् । अर्का यात्रु दलबहादुर रावत पनि टर्मिनल भवन चाँडै बन्नुपर्ने बताउँछन् ।

मुगु जिल्ला आफैंमा दुर्गम हिमाली जिल्ला हो । हिउँदमा हिउँ पर्ने, बर्खामा पानी पर्ने र निमार्णमा लाग्ने सामान समयमा पुर्याउन नसक्नु यस्का भौगोलिक कठिनाइ हुन् । त्यसमाथि निमार्ण कार्यको जिम्मा लिएको ठेक्कादार कम्पनीको ढिलासुस्तीका कारण निर्माणाधीन भवन बन्न नसकेको रारा ताल्चास्थित नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रतिनिधि शम्भुप्रसाद तिमिल्सिना बताउँछन् ।

यस्तै नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख रोमन भट्टराईले भने, ‘सानो काठको टहराबाट कार्यालय सञ्चालन गर्नु पर्ने बाध्यता छ । आकाशबाट पानी पर्दा टिनहरु बज्ने, आवाज आउने, हावाहुरी चल्दा सुर्खेत, नेपालगञ्जलगायत अन्य सरोकारवाला निकायसँग पनि सम्पर्क गर्न समस्या पर्ने गरेको छ । निर्माणाधीन अवस्थाको कार्यालयको भवन समयमा सम्पन्न गर्ने जिम्मा लिएको ठेक्कादारहरुको कमजोरीले बन्न नसक्नु दुर्भाग्य बनेको छ ।’

पर्यटकको प्रचुर सम्भावना रहेका रारा, छायानाथ लगायतका स्थान घुम्न जाने देशी विदेशी पर्यटकको संख्या बढ्दो छ । यही कारण पनि यस क्षेत्रका विकासका लागि पहल भइरहेको मुगु जिल्लाका पूर्वसंघीय सांसद गोपालबहादुर बल बताउँछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *