स्मारिका विमोचनसहित ११ औं वार्षिकोत्सव मनाउँदै नेपाली जनसम्पर्क समिति बहराइन

नेपाली कांग्रेसको विदेशस्थित संगठन नेपाली जनसम्पर्क समिति बहराइन स्थापना भएको आगामी असोज १२ गते एक दशक पूरा हुँदै छ। समितिले आफ्नो ११ औं वार्षिकोत्सवको आवश्यक तयारी थालेको छ।

समितिले ११ औं वार्षिकोत्सवमा स्थापनाकालदेखि हालसम्म गरेका सामाजिक एवं राजनीतिक गतिविधि समावेश गरी प्रकाशन गर्न लागिएको ‘नेपाली जनसम्पर्क समिति बहराइन स्मारिका-२०८०’ समेत विमोचन गर्ने भएको छ।

असोज १२ गते शुक्रबार दिउँसो साढे १२ बजे जुफैयरस्थित रोमी रोज होटलमा आयोजना हुने वार्षिकोत्सव कार्यक्रममा स्मारिका विमोचन गरिने भएको हो।

समितिका सभापति पदमसुन्दर गुरूङका अनुसार वार्षिकोत्सवमा नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्मा, सहमहामन्त्री एवं संविधानसभा सदस्य भीष्मराज आङ्देम्बेसहितका केन्द्रीय नेता तथा नेपाली जनसम्पर्क समितिका नेताहरूको उपस्थिति रहने छ।

कार्यक्रममा बहराइनमा लामो समयदेखि संस्थागत एवं व्यक्तिगत रूपमा बहराइनका प्रवासी नेपाली र नेपालमा समेत विभिन्न व्यक्ति, संघसंस्थालाई आवश्यक सहयोग पुर्‍याउँदै आएका संघसंस्था तथा समाजका लब्धप्रतिष्ठित व्यक्तिहरूलाई विशेष सम्मान गरिने छ।

यस्तै नजिकिँदै गरेको नेपालीहरूको महान चाड बडादशैं, दीपावली एवं छठ पर्व तथा नेपाल संवत ११४४ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत हुने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर