सर्वोच्चले तोकेरै पूर्वप्रधानमन्त्रीमाथि छानबिन गर्न भनेको छैन : जगन्नाथ खतिवडा

नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीमाथि छानबिन गर्नु भनेर नभनेको तर्क गरेका छन् ।
केन्द्रीय कार्यालयमा शनिबार सचिवालय बैठकपछि सञ्चारकर्मीसँग उनले आवश्यक पर्नेहरूमाथि छानबिन गर्न भनेको बताए।

उनले भने, ‘पूर्वप्रधानमन्त्रीहरुमाथि छानबिन गर्नु भनेर सर्वोच्चले तोकेर भनेको मलाई थाहा छैन। छानबिन गर्न आवश्यक पर्ने कसैलाई पनि नछोड्नु भन्ने आशयमा उसले आफ्नो आदेश दिए जस्तो लाग्छ। छानबिन गर्न आवश्यक पर्नेहरूलाई उसले (सिआइबीले) बोलाउँछ र आवश्यक नपर्नेहरूलाई बोलाउँदैन। त्यसकारण यो मेरो जानकारीको विषय होइन, जसले छानबिन गरेको छ, अनुसधान गर्ने अधिकारीको जानकारीको विषय हो।’

आजको सचिवालय बैठकले भदौ ५, ६ र ७ गते बस्ने केन्द्रीय कमिटीका एजेण्डा तय गरेको र महत्त्वपूर्ण निर्णय ७ गते सार्वजनिक गर्ने निर्णय भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर