शैक्षिक प्रमाणपत्र नक्कली आरोपमा एमबीबीएस अध्ययनरत एक विद्यार्थी पक्राउ

शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एक जना विद्यार्थी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई चितवनबाट बिहीबार राति पक्राउ गरेको हो ।

चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत सप्तरीको राजविराज-७ का नसिम अख्तरलाई नक्कली प्रमाणपत्र बनाएर अध्ययन गरेको आरोपमा पक्राउ गरेको हो ।

उनीमाथि आइएससी उत्तीर्ण भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ । अख्तर विसं २०७२ सालमा एमबिबिएस भर्ना भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर