घाँस काट्न रूखमा चढेकी महिलाको लडेर मृत्यु

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-१३, भातीखर्क घर भई वडा नं. ११ पिजी चोक बस्ने एक ३५ वर्षीया महिलाको स्थानीय जङ्गलमा स्याउला काट्न रूखमा चढ्दा लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार बेलुकी ६ बजेतिर भातीखर्कबाट नजिकैको जङ्गलमा खसी, बाख्रालाई स्याउला काट्न गएकी ३५ वर्षीया अनिता खड्का हाडेको रुखमा चढेर स्याउला काट्न लाग्दा हाँगा भाँचिएर भुइँमा खसी सख्त घाइते भएकी थिइन् । तत्काल स्थानीयवासीले घाइते खड्कालाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।

अहिले खड्काको शवलाई जिल्ला अस्पतालमा नै शव परीक्षण गर्ने तयारी भइरहेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *