महिला कबड्डी टोली विशेष प्रशिक्षणका लागि शनिवार भारत जाँदै

चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि महिला कबड्डी टोली शनिवार भारत जाने भएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले शुक्रवार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

खेलाडीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमति विष्ट, अनुजा कुलुङ राई, नितु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जनाकुमारी थारु, जयन्ती बडु, अर्पणा चौधरी, गंगा चौधरी, इशा राई र कलावती पन्त रहेका छन् ।

प्रशिक्षकमा पार्वती राई र विष्णुदत्त भट्ट तथा व्यवस्थापकमा कृष्णदेव पन्त रहेका छन् । टोली भारतको हरियानास्थित गुरूकुल एकेडेमीमा ३० दिनसम्म प्रशिक्षणमा रहने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।

त्यस अवधिमा टोलीले ७ म्याच पनि खेल्ने र दिल्लीको साइ सेन्टरमा केहि दिनका लागि प्रशिक्षणको व्यवस्था मिलाउन प्रयास भइरहेको महासचिव झाले जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर