
संसदको गतिरोध अन्त्य गर्न राष्ट्रपति पौडेलले गराए एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई संसदको गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको भेटमा पौडेल र ओलीबीच समसामयिक राजनीति र संसदको गतिरोधका बारे छलफल केन्द्रित भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
उनका अनुसार भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसदको गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराए।
राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसदमा रहेका सबै दलहरूलाई विश्वासको वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव पनि दिएका थिए । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।
प्रतिक्रिया