निजामती कर्मचारी ऐन एक हप्ताभित्र संसदमा दर्ता हुन्छ : उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले निजामती कर्मचारी ऐन एक हप्ताभित्र संसदमा दर्ता हुने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले ऐनका लाग केही काम बाँकी रहेको बताए। उनले उक्त काम सकेलगत्तै एक हप्ताभित्र ऐन दर्ता हुने बताए।

‘यही संसदमा दर्ता हुन्छ, संसदमा छलफल हुन्छ, त्यसको लागि पहिला संसद चल्नु पनि पर्छ। त्यसैले सरकारको तर्फबाट एक हप्ताभित्र संसदमा दर्ता हुन्छ,’ उनले भने, ‘वैधानिक ठाउँको सल्लाह लिने काम बाँकी छ। त्यो काम सकिनेबित्तिकै त्यसको एक हप्ताभित्रमा संसदमा दर्ता हुन्छ।’

निजामती कर्मचारी ऐन औपचारिक रूपमा दर्ता भएको दिन सबैको पारिश्रमिक दिने उनको भनाइ थियो।

उपप्रधानमन्त्री खड्काले मुलुकको अर्थतन्त्रको समस्या साझा भएको भन्दै समाधानका लागि सबै मिलेर लाग्नुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर