राष्ट्रियसभाको बैठक भदौ ५ गतेलाई सर्‍याे

भोलिका लागि बोलाइएको राष्ट्रियसभाको बैठक आगामी भदौ ५ गते बस्ने गरी सरेको छ।

भोलि बस्ने तय भएको बैठक सत्तापक्ष र प्रतिपक्षबीच अवरोध खुलाउने सहमति नभएकाले स्थगित भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

सचिवालयले सूचना टाँस गरी राष्ट्रियसभाको भदौ ५ गते मंगलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने जानकारी गराएको छ।

सूचनामा तोकिएको मितिमा बैठक नराख्न सत्तापक्ष र प्रतिपक्ष दुवै दलले आग्रह गरेकाले बैठक सारिएको उल्लेख छ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसबाट बरामद भएको तस्करीको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसदका दुवै सदन अवरोध गर्दै आएको छ।

सदनको अवरोध खुलाउन सभामुख देवराज घिमिरेको पहलमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरूको बैठक पटकपटक बसे पनि सहमति हुन सकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर