मुगु जीप दुर्घटनामा पाँच पुग्यो मृत्यु हुनेको संख्या, वडासदस्यको पनि मृत्यु

मुगुको सोरू गाउँपालिका-७ मा सोमबार राति भएको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

सोरूकोटबाट सदरमुकाम गमगढी जाँदै गरेको ज १ च ७७७२ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो।

त्यस्तै स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो भने एक जनाको थप उपचारका लागि सदरमुकाम लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा लोकजंग नेपाली, सर्केगाड गाउँपालिका-२ का राम परियार, सिमकोट गाउँपालिका-२ का प्रकाश बोहरा, ठेगाना स्पष्ट नभएका राम परियार, पिउस परियार रहेका छन्।

मृतकमध्ये लोकजंग नेपाली सोरू गाउँपालिका-५ का वडासदस्य भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *