हातखुट्टा नहुनेहरूका लागि निःशुल्क कृत्रिम हातखुट्टा नापजाँच शिविर र वितरण हुँदै

झापाको विर्तामोड र सिरहाको लहानमा निःशुल्क कृत्रिम हातखुट्टा नाँपजाँच शिविर आयोजना हुने भएको छ।

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनकाे आयोजना तथा नारायण सेवा संस्थान उदयपुर, भारतको प्राविधिक सहयोगमा शिविर आयोजना हुन लागेको हो।

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका महासचिव विनीत बेरिवालका अनुसार विर्तामोडस्थित अग्रसेन भवन, शनिश्चरे रोडमा भदौ २२ गते तथा लाहान–७ स्थित मारवाडी सेवा सदनमा भदौ २४ गते शिविर आयोजना हुनेछ।

दुवै स्थानमा शिविरको दिन बिहान १० देखि अपराह्न ५ बजेसम्म शिविरको सेवा उपलब्ध हुनेछ।

शिविरमा नारायण सेवा संस्थान, उदयपुरबाट आएका प्राविधिकहरूद्वारा हातखुट्टा नभएकाहरूको कृत्रिम अंग निर्माणका लागि नापजाँच गरिनेछ। उक्त शिविर पूर्णत निःशुल्क हुने शिविरमा कुनै पनि प्रकारको शल्यक्रिया वा औषधि उपलब्ध नहुने आयोजकले जनाएको छ।

कृत्रिम अंग भारतको उदयपुरमा निर्माण हुनेछ। आयोजकका अनुसार निर्माण गर्न डेढ-दुई महिना समय लाग्नेछ र निर्माणपश्चात् वितरण हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर