ब्रेक शुबाट निकालेर जोखियो सुन, यस्तो आयो परिमाण

साउन ३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद तस्करीकाे सुन ब्रेक शुबाट निकालेर जोखिएकाे छ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले ब्रेक शुबाट सुन छुट्याएर जोखेकाे हाे। ब्रेक शुबाट निकालेर जाेखिएकाे सुन मात्रैकाे ताैल ६० किलो ७८९ ग्राम आएको छ।

राजस्व अनुसन्धान विभागले ३ साउनमा सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो। मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो। त्यसबेला ब्रेक शुसहितको तौल लिइएको थियो ।

सीआईबी, राजस्व, राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन जोखिएको हो।

अझै पनि शुद्ध तौल आउन बाँकी हुन सक्ने भएकाले अब सुनलाई गालेर जोखिने एक अधिकारीले जानकारी दिए।

उनका अनुसार भोलि बिहान साढे १० बजेदेखि सुन गाल्न सुरू गरिनेछ।

सुरूमा सुन बरामद र अभियुक्त पक्राउ गरी अनुसन्धान गरेकाे राजस्व अनुसन्धान विभागले पछि प्रकरण अनुसन्धानकाे जिम्मा सीआईबीलाई दिएकाे थियाे।

सीआईबीले हाल संगठित अपराध र राजस्व छलीकाे कसुरमा याे प्रकरणकाे अनुसन्धान गरिरहेकाे छ।

प्रकरणमा अहिले २० जना सीआईबीकाे हिरासतमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *