
पहिरोले विभिन्न ९ स्थानमा सडक अवरूद्ध


अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम पूर्वका विभिन्न ९ ठाउँमा सडक अवरूद्ध भएको छ।
दार्चुलाको शैल्यशिखर नगरपालिका-६, पनेबाँजस्थित गोकुलेश्वर-दार्चुला हाइवे सडकखण्ड, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-२, चनौटेस्थित मेलम्ची–हेलम्बु सडकखण्ड तथा पाँचपोखरी थाङपाल गाउँपालिका-८, उत्तिसघारीस्थित मेलम्ची-भोताङ सडकखण्ड, मुगुको छायानाथ रारा नगरपालिका-७, टोप्लास्थित जुम्ला-नाग्म-मुगु सडकखण्ड अवरूद्ध छन्।
यस्तै डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२, रडुवास्थित डडेल्धुरा-दिपायल सडकखण्ड तथा आलिताल गाउँपालिका-१, हगुल्टेस्थित भीमदत्त राजमार्ग, पाल्पाको तिनाउ गाउँपालिका-३, दोभानस्थित सिद्धार्थ राजमार्ग, रोल्पाको त्रिवेणी गाउँपालिका-२, भागोबारीस्थित घोराहीदेखि थवाङ जाने शहीदमार्ग सडकखण्ड र रूकुम पूर्वको सिस्ने गाउँपालिका-६ कोरबासस्थित मध्यपहाडी लोकमार्ग सडक अवरूद्ध भएको हो।
पहिरो गएका स्थानहरूमा नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गरी अवरूद्ध सडक खुलाउन आवश्यक पहल गरिरहेको प्रहरीले जनाएको छ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया