बालयौन दुरूपयोग आरोपमा ललितपुरको बुङ्मतीस्थित चाइल्ड केयर सेन्टरका सञ्चालक पक्राउ

बालयौन दुरूपयोग गरेको अभियोगमा ललितपुर महानगरपालिका-२२, बुङ्मतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक दत्तसिंह बुढा पक्राउ परेका छन्।

हुम्लाको सिमिकोट गाउँपालिका-६ घर भएका ४१ वर्षीय दत्तसिहंले उक्त चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई गत असारदेखि साउन २६ गते बिहानसम्म बालयौन दुरूपयोग गरेको आरोप छ।

उनले बालिकाको संवेदनशील अंग योनी तथा शरीरका विभिन्न भागमा समाउने, सुम्सुम्याउने कार्य गरेको र त्यसो नगर्न भन्दा बालिकालाई निलडाम हुने गरी कुटपिट गरेर शारीरिक यातना दिएको प्रहरीमा जाहेरी परेको थियो।

सो जाहेरीका आधरमा पक्राउ गरेर ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिई उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ।

प्रहरीका अनुसार पीडित बालिकालाई हाल संरक्षण गृहमा राखिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *