प्रधानमन्त्रीको निर्देशनमा निर्माण व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माण व्यवसायीले उठाएका विभिन्न माग सम्बोधनका लागि आफू गम्भीर रहेको बताएका छन् । प्रधानमन्त्रीले सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि करलगायतका विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयलले आपसी समन्वयका आधारमा यथाशीघ्र माग सम्बोधन गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए ।

प्रधानमन्त्रीले निर्माण व्यवसायीले उठाएका मागको सम्बन्धमा सम्बोधन गर्न सम्बद्ध निकायलाई निर्देशनसमेत दिएको प्रवक्ता भट्टले बताए । समस्या समाधानका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीको संयोजकत्वमा विभिन्न विषयगत मन्त्रालयका सहसचिव सदस्य रहने गरी छ सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदललाई आगामी १५ दिनभित्र सरोकारवालासँग आवश्यक छलफल, परामर्श र समन्वय गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । कार्यदलमा अर्थ, भौतिक पूर्वाधार, सहरी विकासलगायतका भौतिक पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका प्रतिनिधि सहभागी छन् ।

निर्माण व्यवसायीले आफूहरुले गरेको कामको भुक्तानी नपाएको भन्दै विगत केही दिनदेखि चासो व्यक्त गर्दै आएका छन् । सोही आधारमा प्रधानमन्त्रीले आवश्यक चासो लिँदै समस्या समाधानका लागि पहल थालेका हुन् ।

प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीको निर्देशनमा निर्माण व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन

  1. समस्या हल गर्ने तर्फ हरेक छेत्रलाई सुबिधा हुनपर्ने कुरा आफ्नो सोचमा राखेर काम गर्नु निस्चयपनी यो सरकारको नियतलाई अबसरबादी तप्काहरु ले येदि कम्जोर बुझेभने, येस्ता मागहरु हरेक दिन हरेक बिहान राजधानीमा देखिन सक्छ। तसर्थ जायज मागहरु सम्बोधन गर्दा माग गर्नेहरुको कार्य बिबरण,प्रगती तथा पुरानो कामको ईतिहासहरु बारे पनि बिस्तृतमा ध्यान दिन जरुरी छ।
    तेसो गरेमा धमिलो पानी मा माछा मार्ने नियत ले येस्तो बन्द, हडताल गर्दै सरकार लाई सधै झुकाउन सकिन्छ भन्ने सोच हटेर रास्ट्रलाई भोलि का दिनहरुमा फाईदा हुन जाने कुरा मा दुईमत नहोला.देशभर को सडक सिचाई र विभिन्न अन्न्य निर्माण आयोजना को आजसम्म को प्रगती वा हाल सम्म भयेका खर्चहरु र ती आयोजना को हाल को स्तर बारे स्पस्ट सूचना हुने स्वेतपत्रहरु सम्बन्धित मन्त्रालय हरु बाट हरेक छ छ महिना मा जनता हरु को जानकारी को लागि पत्रीकाहरु मा प्रकासित गरियोस। यो कार्यमात्र भये पनि हाल भैईरहेको आयोजना हरुको भ्रस्टाचारमा धेरैहद सम्म नियन्त्रण हुने निस्चित छ।
    जय मात्रीभुमी!

Leave a Reply

Your email address will not be published. Required fields are marked *