यो सरकारलाई बिदा गर्नुको विकल्प छैन, देउवाको नेतृत्वमा सरकार बन्नुपर्छ : सुनिल शर्मा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिल शर्माले वर्तमान सरकारलाई आतंककारीको संज्ञा दिएका छन् ।

पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो सरकारलाई बिदा गर्नुपर्ने र शेरबहादुर देउवा नेतृत्वमा सरकार बन्नुपर्ने बताए । उनले यो सरकारलाई आतंककारीको संज्ञा दिए ।

‘म जुन हिसाबमा पक्राउ परेँ, म आतंककारी सरकार भन्छु यो सरकारलाई, म सरकारमा भएको महसुस भएको छैन । यो सरकारले जसरी मलाई विना पक्राउ पुर्जी पक्राउ गर्यो, मैले झगडा गरेपछि मात्रै जारी गरियो, त्यसमा थुनामा राख्ने पुर्जी भोलिपल्ट मात्रै जारी गरियो यो आफैंमा गैरकानुनी हो,’ उनले भने ‘यो आतंककारी सरकारलाई सकेसम्म चाँडो बिदा गर्नुपर्छ ।’

आफूले उठाएको विषय सबैको साझा विषय भएको भन्दै अब गृहमन्त्रीको राजीनामा नआएसम्म आफूले विरोध जारी राख्ने उनको भनाइ छ ।

‘मैले राजीनामाको माग नगरेको भए म त्यस्तोमा पर्ने थिइनँ, पूर्वाग्रही भएको छ । अझै नयाँ नयाँ केसहरू पनि आउन सक्छ । गृहमन्त्रीको राजीनामा नआउनु जेल यो मेरो बटम लाइन हो, यो पूरा नभएसम्म मैले बोल्न पाएन भने विरोध गर्छु । मैले उठाएको विषय मेरो मात्रै होइन, विस्तारै सबैको साझा विषय बन्छ । मलाई लागेर जेलमा राख्ने तर अरुलाई अझसम्म किन काबाही भएको छैन भन्ने कुरा उठिरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर