
पहिराेले अवरूद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा


पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका-१, बेलभन्ज्याङमा आइतबार खसेको पहिरो। तस्बिर : कृष्ण न्यौपाने/रासस
पहिरोका कारण अवरूद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत दमौली-डुम्रे सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
तनहुँको व्यास नगरपालिका-१२ स्थित बेलभञ्ज्याङ्गमा माथिबाट पहिरा खस्दा आज दिउँसो १२:३० बजेदेखि राजमार्ग अवरूद्ध बनेको थियो।
केही दिनदेखिको अविरल वर्षाका कारण उक्त सडकखण्डमा पहिरा खसिरहेकाले पटकपटक अवरूद्ध हुने गरेको जिल्लाका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। आज करिब दुई घण्टाको प्रयासपछि राजमार्गको पहिरा हटाएर आवागमन सञ्चालन गरिएको उनले बताए।
जिल्ला तथा इलाका प्रहरी कार्यालयबाट खटिएको विपद् व्यवस्थापन टोली र स्थानीय पालिकाको सहकार्यमा पहिरा पन्छाइएको खाणले जानकारी दिए।
प्रतिक्रिया