दोलखामा निउराे टिप्न गएका बाबु-छाेरा खोलाले बगाएर बेपत्ता

दोलखामा खोलाले बगाउँदा बुबा-छोरा बेपत्ता भएका छन्।

खोलाले बगाउँदा बिगु गाउँपालिका-७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन्।

गाउँ नजिकैको जंगलमा निउरो टिप्न गएका दुवै जनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक खड्काले जानकारी दिए।

स्थानीयवासीले जानकारी गराएपछि अहिले प्रहरी चौकी बिगुबाट टोली घटनास्थलमा गएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *