अविरल वर्षाले यी पाँच राजमार्ग पूर्ण रूपमा अवरूद्ध, ४१ आंशिक सुचारू

गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका पाँच राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन्।

सडक विभागका अनुसार चतरा-मूलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक (तमोर करिडोर), तानसेन-रिडी-कोरला, डुम्रे बेँसीसहर-चामे, मदन भण्डारी राजमार्ग र कर्णाली राजमार्ग पूर्ण रूपमा अवरूद्ध छन्।

अवरूद्ध भएका सडकहरू खुलाउने प्रयास भइरहेको छ। पूर्ण रूपमा अवरूद्ध सडक प्रयोग गर्ने यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न विभागले आग्रह गरेको छ।

यस्तै अवरूद्धपश्चात् ४१ राजमार्ग आंशिक र १४५ सडक पूर्ण रूपमा सुचारू भएकाे विभागले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *