
गृहमन्त्रीलाई ओलीको प्रश्न- चुरोटको बट्टामा सुन भेटिँदा जवाफदेही बन्नु पर्दैन?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुरोट भनेर ल्याएको बट्टा सुनको ठहर हुँदा त्यसमा गृहमन्त्री जवाफदेही हुने कि नहुने भनेर प्रश्न गरेका छन्।
आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले गृहमन्त्रीको राजीनामाको विकल्प नभएको बताए।
‘चुरोट भनेर ल्यायो सुन हुन्छ, सुन भनेर राखेको ठाउँबाट चोरी हुन्छ, गृहमन्त्री जवाफदेही होइन त्यो? गृहमन्त्रीज्यू, क्विन्टलका क्विन्टल सुन एउटा माध्यमबाट एउटा कम्पनीले ल्याएको छ, यस्तो कति छ?,’ ओलीले भने, ‘त्यस्तालाई कसको सिफारिसमा कसले दियो नागरिकता? त्यतिबेलाको प्रतिवेदन कहाँ गायब गरिएको छ?’
अध्यक्ष ओलीले सुन तस्करी प्रकरणको छानबिन उच्चस्तरीय र स्वतन्त्र हुनुपर्ने बताउँदै कर्मचारीबाट निर्देशित हुन नहुने बताए।
प्रतिक्रिया