गोरखामा फेला परेको अजिंगर सुरक्षित बासस्थानमा छोडियो

गोरखाको गण्डकी गाउँपालिका-६, भुम्लिचोकस्थित पल्लोटारमा फेला परेको अजिंगर आज चितवनमा लगेर सुरक्षित बासस्थानमा छोडिएको छ।

सबडिभिजन वन कार्यालय सिउरेनीटारका प्रमुख वन अधिकृत रविआनन्द गोपाली सहितको वन कार्यालयका कर्मचारीको टोली चितवनस्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा लगेर छोडेको हो।

फेला पारिएको क्षेत्रमा सुरक्षित बासस्थान नभेटिएपछि चितवनमा लगेर सुरक्षित बासस्थानमा छोडिएको वन अधिकृत गोपालीले जानकारी दिए।

गण्डकी गाउँपालिकाको भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङ जोड्ने नयाँ बनेको मोटरेबल पुल नजिकै शुक्रबार गोरखा तर्फको कच्ची सडकमा अजिंगर फेला परेको थियो।

तीनवटा घिस्रने जनावर मध्येमा उद्धार गरिएकोअजिंगर एक प्रजातिको भएको  वन अधिकृत गोपालीले बताए। अजिंगर संरक्षित प्रजतिको घस्रने जनावरअन्तर्गत हो।

अजिङ्गरलाई उद्धार गरी गएराति भने सबडिभिजन कार्यालय सिउरेनीटारमा नै राखिएको थियो ।

फेला परेकोअजिंगर रैथाने हो वा बाढीले बगाएर ल्याएको भन्ने बारेमा यकिन गर्न कठिन भएको उनले बताए।

वन अधिकृत गोपाली र वनरक्षक अम्बिका शर्माले लौरो र बोराको सहायताले फेला परेकोअजिंगरको उद्धार गरेका हुन्।

स्थानीयवासीले पहिलो पटक आफूले त्यस क्षेत्रमा अजिंगर फेला परेको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *