मन्त्रीमण्डलमा फेरबदलगर्दै प्रधानमन्त्री, जनमतबाट अनिता सरकारमा जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जनमत पार्टी फेरि सहभागि हुने भएको छ । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै दाहाल नेतृत्व सरकारबाट जनमत पार्टी चैतमा अलग भएको थियो । तर, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सम्भवत आज(आइतबार) नै जनमत पार्टीलाई सरकारमा सहभागि गराउने छन् ।

प्रधानमन्त्री दाहालले असार २७ गते नै जनमत पार्टीबाट एक जना नेतालाई सरकारमा सहभागि गराउने तयारी गरेका थिए । तर, सोही दिन बिहान दाहाल पत्नी सीताको निधन भएपछि मन्त्रिपरिषद् हेरफेरको कार्यक्रम धकेलिएको थियो । दाहालले जनमतकी अनिता देवी साहलाई सरकारमा सहभागि गराउने छन् ।

जनमत पार्टीले उनलाई मन्त्री बनाउन यसअघि नै सिफारिस गरिसकेको छ । दाहाल नेतृत्व सरकार अहिले नै २५ सदस्य भएकाले माओवादीबाट सरकारमा सहभागि एक मन्त्री बाहिरिने निकट स्रोतको दाबी छ ।

माओवादी केन्द्रबाट बाहिरीने मन्त्रीको नाम गोप्य राखिएको छ । स्रोतका अनुसार सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र पर्यटनमन्त्री सुदन किराती ‘रेड जोन’मा रहेका छन् ।

संवैधानिक व्यवस्था अनुसार मन्त्रिपरिषद् २५ सदस्यीय भन्दा बढिको बनाउन पाहिने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर