शेखर काेइराला भन्छन्- नेपाल हुँदै टनका टन सुन भारत गइरहेको छ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल हुँदै टनका टन सुन भारत गइरहेको आशंका गरेका छन् ।

शनिबार नेपाली कांग्रेस भक्तपुरद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली बाटो हुँदै ४ देखि ५ सय टन सुन भारत गइरहेको आशंका गरे ।

‘भारतमा १३ सय देखि १४ सय टन सुन खपत हुने रहेछ त्यसमा भारतले ८ देखि ९ सय टन इम्पोर्ट गर्छ । मैले क्विन्टल र किलोको कुरा गरेको छैन,’ उनले भने, ‘४ सयदेखि ५ सय टन सुन अवैध रूपमा भारत गइरहेको छ । नेपालबाटै गएको होला । यो ७ दिनमा कति गयो होला अन्दाज गर्न सक्नुहुन्छ । अहिले पनि गइहरेको छ, हामीलाई सूचना मात्र नभएको हो ।’

त्यस्तै प्रधानमन्त्री कार्यालय मातहतमा राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग ल्याउनु दुर्भाग्य भएको बताए ।

उनले भने ‘ओलीजी प्रधानमन्त्री हुँदाखेरि नेपाली कांग्रेसका सभापतिले वक्तव्य नै निकालेका थियौँ । राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्नु हुन्दैन जुन पहिले जहाँथ्यो त्यही हुनु पठाउनु पर्छ भनेर हामीले सदनमा आवाज पनि उठायौं । ओली जिले सुन्नु भएन । तर दुर्भाग्य हाम्रो शेरबहादुरजी प्रधानमन्त्री हुनु भयो उहाँले पनि सुन्नु भएन् । आफ्नै मातहतमा राख्नुभयो । र, अहिले प्रचण्डजीले पनि हामी बोलिरहेका छौं । उहाँले पनि आफ्नै मातहतमा राख्नुभयो ।’

सुन प्रकरण सुरू हुने साथै सीआईबीलाई अनुसन्धानका लागि दिन आफूहरूले आग्रह गरेको उनको भनाइ छ ।

‘सुनकाण्ड हुनुभन्दा ७ दिन पहिले नवराज ढुंगानालाई राजस्व अनुसन्धान विभागमा लगियो । सुनकाण्ड भयो । प्रहरीलाई सहभागी गराइएँ । हामीले भनिराख्यौं सिआईबीलाई दिइहालौं भनेर,’ उनले भने ।

अर्को प्रसंगमा उनले नेपाली कांग्रेसमा व्यक्तिवादी, स्वार्थीपनाको चरित्र हाबी भएको बताए ।

यस्ता क्रियाकलापले पार्टीलाई कमजोर पार्ने भन्दै उनले विधि विधानलाई मिच्ने प्रवृत्तिप्रति नेपाली कांग्रेस होसियार हुनुपर्ने बताए ।

-नेपाल न्यूज बैंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *