डिजेल चोरी गरेको भेटिएपछि आयल निगमका गण्डकी प्रदेश प्रमुखविरूद्ध पक्राउ पुर्जी

नेपाल आयल निगमका गण्डकी प्रदेश प्रमुख चितरञ्जन दासविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

डिजेल चोरी गरेको फेला परेपछि उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ पुर्जी जारी गरेको हो।

प्रहरीका अनुसार उनले निगमको प्रादेशिक कार्यालयबाट ३ हजार लिटर डिजेल चोरी गरी बिक्रीका लागि पठाएको फेला परेको हो।

उनले शुक्रबार दिउँसो पश्चिमाञ्चल पेट्रोल पम्पका लागि लोड भएको ग २ ख ८३६ नम्बरको ट्यांकरमा डिजेल चोरी गरी बिक्रीका लागि पठाएको फेला परेको हो।

डाँडाकोनाक प्रहरी चौकीमा नापजाँचका क्रममा १२ हजार लिटर क्षमताको उक्त ट्यांकरमा १५ हजार लिटर डिजेल लोड गरिएको फेला परेको प्रहरीले जनाएको छ।

पेट्रोल पम्पले किनेको भन्दा ३ हजार लिटर थप चोरीको डिजेल फेला परेपछि दासविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको आदेशमा प्रहरीले उनीविरूद्ध पक्राउ पुर्जी  जारी गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *