एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक साउन ३१ सम्मलाई स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ।

आजको बैठकको सुरूमा सांसदहरूले दलीय आधारमा धारणा राखेका थिए। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यसूची अघि बढाउन खोज्दा एमाले सांसदहरूले उठेर विरोध जनाए।

प्रमुख प्रतिपक्षी एमालेसँगै सत्तापक्षका सांसदहरूसमेत संसदको अवरोधको विरोधमा१ ० मिनेट बढी समय उभिएपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले सबै कार्यसूची हटाउँदै अर्को बैठक साउन ३१ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरूद्ध गरेको हो। सो माग राखेर दुवै सदनमा अवरोध गर्दै आएको एमालेले गृहमन्त्री र अर्थमन्त्रीमाथि समेत छानबिन हुनुपर्ने भन्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर