अछाममा अरिंगालले चिलेर एक जनाको मृत्यु

अछाममा अरिंगालले चिलेर एक जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको साँफेबगर नगरपालिका-८, चण्डिका काटैका निवासी ७२ वर्षीय टेकबहादुर कुँवरको मृत्यु भएको हो।

कुँवर बिहीबार बाख्रा चराउन जंगल गएका बेला मौरीडाँडा भन्ने ठाउँमा अरिंगालले चिलेपछि सख्त घाइते भएका थिए। उनको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *