शैक्षिक प्रमाणपत्र कीर्ते आरोपमा थप दुई डाक्टर पक्राउ

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा थप दुई जना डाक्टर पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टर अमृत चौधरी र महोत्तरी घर भएका डाक्टर रञ्जितकुमार यादवलाई पक्राउ गरेको हो।

सीआईबी स्रोतले दिएको जानकारीअनुसार रञ्जित हाल कुन अस्पतालमा कार्यरत छन् भन्ने खुलेकाे छैन।

सीआईबीले नक्कली डाक्टरमाथि चलाएकाे अपरेशनका क्रममा उनीहरू पक्राउ परेका हुन्।

सीआईबीले बिहीबार नेपाली कांग्रेसका सांसदसमेत रहेका डा. सुनिल शर्मालाई पनि पक्राउ गरेको छ। मेडिकल सञ्चालकसमेत रहेका शर्मा पनि शैक्षिक प्रमाणपत्र कीर्ते गरेको कसुरमै पक्राउ परेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर