बागलुङमा बेवारिसे अवस्थामा ६ नाल भरूवा बन्दुक बरामद

बागलुङमा प्रहरीले ६ नाल अवैध भरूवा बन्दुक बरामद गरेको छ। बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरूवा बन्दुक बरामद गरेको हो।

गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका-१, जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओढारमा बेवारिसे अवस्थामा पाँच नाल भरूवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

बन्दुक कसले र किन राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *