विषालु च्याउ खाँदा डोटीमा १२ मजदुर बिरामी
२४ साउन २०८० १२:२२
डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन्। आदर्श गाउँपालिका-२, कारङेमा मङ्गलबार विषालु च्याउ खाएर उनीहरू बिरामी भएका हुन्।
दिपायल-मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय, आदर्शका प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशीले जानकारी दिए।
बिरामी पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका-९ का दिलबहादुर राजी, वीरबहादुर थापा, पूर्णबहादुर थापा, रामबाहदुर थापा, धनबहादुर थापा, पदम सलामी, लालबहादुर आलेमगर, भीमबहादुर आलेमगर, लक्ष्मीराम पुलामीमगर, विशाल मगर, कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का चक्र मल्ल र कैलालीको धनगढी उपमहानगरपालिका-१६ का हर्क रम्जाली रहेका छन्।
बिरामी भएका सबैको आदर्श गाउँपालिकामा रहेको मौवा स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी वरिष्ठ नायव निरीक्षक जोशीले जानकारी दिए।
प्रतिक्रिया